आजसम्म ४ लाख २२ हजार मानिस काठमाडौँबाट बाहिरिए

काठमाडौँ– दशैँ शुरुभएसँगै देशभर चहलपहल बढेको छ । दशैँ मनाउन विदेश गएका नेपालीहरु स्वदेश फर्किरहेका छन् । यसैबीच हालसम्म दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट ४ लाख २२ हजार जना बाहिरिएका छन् । गएको असोज ११ गतेदेखि दशैँको लागि अग्रिम टिकट बुकिङ शुरु भएको थियो । अग्रिम टिकट शुरु भएदेखि शनिबार १० बजेसम्म ६७ हजार १ […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु दशैं मनाउन बाहिरिए

असोज २३, काठमाडौं ।  काठमाडौं उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु दशैं पर्व नजिकिएसँगै बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाका अनुसार शनिवारसम्ममा  ६७ हजार ११२ ओटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाडौं उपत्यका छाडेका हुन् ।गत असोज ११ गतेदेखि काठमाडौं उपत्यकाबाट सो संख्यामा सर्वसाधारण घर गएको पनि उसले बताएको छ । बडादशैंका लागि अग्रिम टिकट बुकिङ शुरु भएसँगै  घर फर्कनेको संख्या दिनप्रतिदिन बढिरहेको बस व्यवसायीहरुले बताएका छन् । रोजगारी, पढाई र काम गर्न काठमाडौं बस्दै आएका मानिस दशैंका बेला घर फर्किने हुनाले सवारीसाधनमा भिड लाग्ने गरेको उनीहरुको भनाइ छ ।

त्रिभुवन विमानस्थल हुँदै १२ हजार जना भित्रिए, २३ हजार जना बाहिरिए

जेठ १९, काठमाडौं । गत मे महीनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार जना नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महीनाको तथ्यांक अनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा १ हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।            गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्यांक दोब्बर छ । सो अवधिमा २३ हजार १३५ बाहिरिएका छन् । बाहिरिनेमध्ये नौ हजार ९७७ विदेशी र १३ हजार १५८ जना नेपाली छन् । अन्य महीनाको तुलनामा मेमा कम सङ्ख्यामा विदेशी नेपाल भित्रिएका छन् । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए । विभागको तथ्यांक अनुसार अप्रिलमा १४४ ओटा देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए । यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।  रासस