रात्रि बसबाट लागु औषधसहित दुई जना पक्राउ

रौतहटको मौलापुरबाट काठमाडौँ जाने रात्रिसेवा बसबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। मौलापुर बाट यात्रु लिएर काठमाडौँ जान थप यात्रु लिन गौरस्थित बसपार्कभित्र पुगेको ना८ख ४७१८ नम्बरको सुशील डिलक्स बसभित्र चेकजाँचको क्रममा विभिन्न प्रकारको लागु औषध फेला परेको हो ।लागु औषधसहित पक्राउ पर्नेमा बसका सहचालक मौलापुर ६ पथराका वर्ष २६ का भाग्यनारायण साह र सोही ठाउँका बसमा सामान लोड गर्ने वर्ष २९ का मौजेलाल यादव रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडा मगरले बताएका छन् । चेकजाँचको