तीनजना भारतीयहरूले गरेको अनुसन्धानले कोभिड–१९ को उत्पत्तिका विषयमा संसारलाई सोचमग्न बनाएको छ ।
वैज्ञानिक जोडी डा मोनाली राहलकर र डा राहुल बहुलिकरसँगै तेस्रा एक व्यक्ति छन् जसलाई द सीकर नामले मात्र जानिएको छ । द सीकरसँग आफ्नो कुराकानी हुने गरेको वैज्ञानिक जोडी बताउँछ ।
द सीकर २० देखि ३० वर्षका मानिस हुन् र उनी पूर्वी भारतमा कतै बस्छन् । उनी आफ्नो नाम खुलाउन चाहँदैनन् ।
भारतीय पत्रिका टाइम्स अफ इन्डियाले द सीकरसँग कुरा गर्न खोज्दा उनले एनक्रिप्टेड ईमेलमा जवाफ दिए । आफूलाई प्रसिद्धिको ...