असार १७ गते गएको पहिरोमा बाबु आमा गुमाएका पाँचथरको फालेलुङ ७ निवासी दुई जना बालबालिकालाई नेपाली सेनाको रणशेर गणले घर निर्माण गरिदिएको छ । गाउँपालिका र जनसेवा समाज पाँचथरसँग सहकार्य गरी गणले चिटिक्क परेका तीनकोठे घर निर्माणपछि हस्तान्तरण गरेको हो ।
पहिरोमा अभिभावक गुमाएर एक्लो बनेका स्याङ्जाको बिरुवा गाउँपालिका–६ का रोशन शर्मा विद्यालय भर्ना हुनुभएको छ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले रोशनलाई विद्यालयमा भर्ना गराउनुभएको हो ।
RajdhaniDaily.com | लमजुङ । लमजुङमा गत असार ११ गते राति गएको पहिरोमा अभिभावक गुमाएका ११ वर्षीया बालकलाई प्लस टुसम्म पढाउने प्रवन्ध गरिएको छ । सदरमुकाम बेसीशहर–७ स्थित -
सभामुख अग्निप्रसाद सापकोटा काभ्रेस्थित एसोएस बालग्राम पुगेर बालबालिकासँग भेटघाट गरेका छन् । गृह जिल्ला सिन्धुपााल्चोकमा गएको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकासहित त्यहाँ आश्रित बालबालिकाबारे सभामुख सापकोटाले जानकारी लिएका हुन् ।
२६ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको व्यवस्था मिलाइएको छ । उनीहरुको पालनपोषण, संरक्षण र शिक्षाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो ।
अभिभावक गुमाएका ७ जना बालबालिकाहरु …
२०६८ सालमा आमाको मृत्यु भएपछि बुुबाको सहारामा बाँचेका छ दिदीबहिनीको यति बेला बिचल्ली भएको छ । छोरीहरु पाल्नकै लागि काठ चिर्न जानु भएको कालिकोट जिल्लाको पचाँलझरना गाउँपालिका वडा नं ३ का ध्वजविर कठायतको पहिरोले पुरिएर मृत्यु भएपछि छ जना छोरीहरु बिचल्लीमा परेका हुुन् ।
तर कालीकोट जिल्लाको पचाँलझरना गाउँपालिका वडा नं. ३ का छ दिदि वहिनी एकै पटक अभिभावक बिहिन भएका छन् । उनीहरुको आमाको क्यान्सर रोगका कारण मृत्यु भएको हो । आमाको न्यानो काखवाट विछोडिएका अवोध वालिकाको साहारा भनेकै बुुबा थिए । छोरीको लालनपालन र शरिर ढाक्ने कपडाको जोहोका लागि घरवाट माथि जङगलमा काठ चिरानीमा जानु भएका ध्वजविर कठायत फेरी कहिलै नफर्किने गरी अस्ताउनुभयो । साउन ३ गते काठ चिरानी गरिरहेका समयमा माथिबाट आएको पहिरोमा कठायत पुरिएपछि उहाँका छ छोरीको बिचल्ली भएको छ । श्रीमतीको मृत्युले निकै विक्षिप्त भएका कठायत छोरीको भविष्यका लागि पनि सुस्तरी मजदुरी गदैँ आउनु भएको उहाँलाई चिन्नेहरुको भनाई छ ।
तनहुँ : गत असार २९ गते चलेको पहिरोमा अभिभावक गुमाएकी ऋषिङ गाउँपालिका-८ पल्ट्याङ भैंसीकिलीकी सात वर्षीया बालिका अमिना सुनारीको शिक्षादिक्षा जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिएका छन्।
शनिबार पहिरोग्रस्त गाउँमै पुगेर पौडेलले अमिनालाई कक्षा १२ सम्म पढाउने जिम्मेवार...