सरकारले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराई जनस्वास्थ्यको रक्षा गर्नुका साथै थप राहत तथा पुनस्र्थापनका कार्यक्रम र नीतिगत सुधारको माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।मंगलबार प्रतिनिधिसभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ गराउँदै अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको स्थितिमा सुधार गरी जनताको आशा र विश्वासलाई पुनःस्थापित गर्नुपर्ने […]