अमेरिकी कलाकारहरूकाे समूहले नेपालमा चलचित्र छायाङ्कन गर्ने

काठमाण्डौ – नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि अमेरिकी राष्ट्रिय कलाकारहरूको समूह प्लेङफर चेन्ज फाउन्डेशनले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा आएर चलचित्रको छायाङ्कन गर्ने भएका छन् ।  आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग भेट गरी फाउन्डेशनका निर्देशक ज्याक, कार्यक्रम निर्देशक थोमस सहितको टोलीले आउँदो वैशाखमा नेपालका पर्यटकीय क्षेत्रमा गएर चलचित्रको छायाङ्कन गर्ने जानकारी दिएको हो । भेटमा अमेरिकी टोलीले नेपालमा रहेको सुरसुधा समूहसँग सहकार्य गरी चलचित्र छा...

सम्बन्धित सामग्री

नेपालमा विदेशी चलचित्र छायाङ्कन हुने क्रम बढ्यो

काठमाडौँ – केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ। अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन। विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो। […]

नेपालमा छायांकन भएकाे चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ- नेपालमा छायाङ्कन भएकाे भारतीय चलचित्र ‘उचाइ’ शुक्रबारदेखि प्रदर्शनमा आएकाे छ। चलचित्रले विश्वभरि ८३४ स्क्रिन पाउँदा भारतमा ४८३ र  नेपालमा ७० स्क्रिन पाएकाे छ। नेपालकै पात्रलाई मूलकथा बनाइएको चलचित्र छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए। त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरेका थिए। चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन […]