पाकिस्तानका आणविक वैज्ञानिक डा अब्दुल कादीर खानको आइतवार बिहान मृत्यु भएको छ ।
८५ वर्षका खानको स्वास्थ्य बिग्रेपछि इस्लामाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
सन् १९३६ मा भारतको भोपालमा जन्मिएका खान सन् १९४७ मा भारत विभाजन भएपछि परिवारसहित पाकिस्तान गएका थिए ।
सन् १९९८ मा भारतले आणविक परीक्षण गरेलगत्तै पाकिस्तानले पनि आणविक परीक्षण गरेको थियो । त्यस परीक्षणका लागि खानले वर्षौंदेखि मेहनत गरेका थिए ।
त्यस परीक्षणपछि खान रातारात पाकिस्तानका नायक भएका थिए । उनलाई मोहसिन ए पाकिस्ता...