बाबुराम भट्टराईले बोलाए समानान्तर बैठक

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । असार २९ र ३० गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए । जसपाका उपेन्द्र यादव पक्षले असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएको थियो । बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । नेता श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन, र एकलौटी

सम्बन्धित सामग्री

अलग्गिए उपेन्द्र र बाबुराम, आज दुवै पक्षको समानान्तर बैठक

२८ असार, काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग-अलग बैठक बोलाएका छन् । उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ । भट्टराई पक्षले […]

यादवलाई काउण्टर दिन भट्टराईले बोलाए जसपाको समानान्तर बैठक

काठमाडौँ – विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपालका दुई पक्षले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक आह्वान गरेका छन्। असार १३ गतेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असार २९ र ३० गते केन्द्रीय समिति बैठक बस्ने तय भएको छ। उक्त निर्णयमा असहमति जनाउँदै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले पनि केन्द्रीय समितिको छुट्टै बैठक आह्वान गरेको छ। […]

बाबुराम पक्षले बोलायो समानान्तर बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । यही असार २९ र ३० गते काठमाडौंमा बस्ने गरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिनुभयो । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पनि असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी […]

जसपाको विवाद उत्कर्षमा :  बाबुरामले बोलाए समानान्तर बैठक

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेका छन्। अध्यक्ष उपेन्द्र यादवले वीर गन्जमा २७–२८ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् । ‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी […]

सर्वोच्च अदालतमा न्यायाधीशहरूको ‘समानान्तर’ बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समग्र न्यायालय सुधारका विषयमा सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक (फूलकोर्ट ) बोलाएका छन् । तर प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरु फूलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठक बस्ने तयारीमा छन् ।प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग आइतबार छलफलपछि फूलकोर्ट बोलाएका थिए । तर, प्रधानन्यायाधीशले फूलकोर्ट बैठक बोलाएलगत्तै असन्तुष्ट १४ न्यायाधीशहरूल

विवेकशील साझा पार्टीमा फुटको अभ्यास, अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै बैठक

विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले डेढ घण्टाको फरकमा केन्द्रीय समितिको समानान्तर बैठक बोलाएका छन् । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी ढंगले बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले पनि डेढ घण्टाअघि केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।  मंगलवार मिश्रले बिहीवार दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएका थिए । पाण्डेले भने सोही दिन बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन् । मिश्रले संघीयता खारेज हुनुपर्ने र धर्मनिरपेक्षताको बारेमा जनमत संग्रह गर्नुपर्ने प्रस्तावसहितको दस्तावेज सार्वजनिक गरेपछ...

विवेकशील साझामा विभाजनको पूर्वाभ्यास, डेढ घण्टाको फरकमा समानान्तर बैठक आह्वान

काठमाडौं । अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई लिएर विवादमा रुमल्लिएको विवेकशील साझा पार्टीमा विभाजनको कसरत शुरू भएको छ । अध्यक्षलाई काउन्टर दिँदै संयोजक मिलन पाण्डेले केन्द्रीय कमिटीको समानान्तर बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएका थिए । उनले मंगलबार नै सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको सूचना पठाएका थिए । तर, […]