प्रकाण्डलाई लिएर विप्लव झलनाथको निवासमा, वामपन्थी एकताबारे छलफल

काठमाडौं, २८ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । खनाललाई भेट्न विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई लिएर डल्लु पुगेका थिए । सो क्रममा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो । उनीहरुबीच वामपन्थी एकताका विषयमा पनि कुराकानी भएको जनाईएको […]

सम्बन्धित सामग्री

वामपन्थी पार्टीबीच एकताबारे छलफल

विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच आज पार्टी एकताको विषयमा छलफल भएको हो ।

विप्लव नेकपाको कार्यनीति : एमसीसी विरोधी उम्मेदवारलाई भोट दिने

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ । कपिलबस्तुको शिवनगरमा गत चैत ४ गतेदेखि बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले पार्टीका महासचिव विप्लवले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै विगत ५ बर्षको अवधीमा संसदीय व्यवस्थाले देश र जनताका पक्षमा काम नगरेको र यो व्यवस्था

विप्लव–बैद्य सहित रणनीतिक मोर्चाको बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन संसद बाहिर रहेका वामपन्थी दलको बैठक बसेको छ । कांग्रेस सरकार गठनपछिको अवस्था र जनसंघर्षका कार्यक्रमबारे छलफल गर्न मोर्चाको बैठक सोमवार काठमाडौंमा बसेको हो । बैठकमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव', नेकपाका अध्यक्ष ऋषि कट्टेल, वामपन्थी नेता विश्वभक्त दुवाल 'आहुती' लगायत नेताहरु सहभागी छन् । विप्लव नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएपछि संसद बाहिरका दलले वामपन्थी मोर्चा बनाएका थिए । ...