वामपन्थी पार्टीबीच एकताबारे छलफल

विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताबीच आज पार्टी एकताको विषयमा छलफल भएको हो ।

सम्बन्धित सामग्री

वामपन्थी एकताका लागि माओवादीले बनायो कार्यदल

काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता र छलफल गर्न कार्यदल गठन गरेको छ । पार्टी पदाधिकारीको शनिवार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा महासचिव देव गुरुङसहित जनार्दन शर्मा,शक्ति बस्नेत र गिरिराजमणी पोखरेल सदस्य रहनुभएको छ । कार्यदलले नेकपा एकीकृत […]

वामपन्थी एकताका लागि माओवादीले पनि बनायो वार्ता कार्यदल

नेकपा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता र छलफल गर्न कार्यदल गठन गरेको छ ।