चैत २७, काठमाडौं । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रदयूमन पोखरेल नेपाल व्यवस्थापन संघ(म्यान) को कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।
डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष समेत रहेका उनी म्यानको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्यधिक मत ल्याई विजयी भएका हुन् ।
शनिवार राजधानीमा सम्पन्न नेपाल व्यवस्थापन संघको निर्वाचनबाट उनी समितिमा निर्वाचित भएका हुन् । यसैगरी नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा भने उपेन्द्र पौडेल निर्वाचित भएका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत ल्याएर पौड्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।