विपन्न मुस्लिमलाई पक्की घर

दाङ – कमाल अहमदको मृत्युपछि उनको परिवार बिचल्लीमा पर्‍यो। न राम्रो घरबास थियो न त कुनै सहारा। छोराछोरीको हेरचाहसमेत राम्रोसँग गर्न सक्ने अवस्था थिएन। अर्काको काम गरेर दैनिक गुजारा चलाउने यो परिवारले सुरक्षित आवास नहुँदा थुप्रै कष्ट भोग्नुपरेको थियो। अब भने अनिशा खातुनले पक्की घर पाएकी छन्, जुन उनका श्रीमानले देखेको सपना थियो। जनता आवासको […]

सम्बन्धित सामग्री

घर पक्की, शौच खुला स्थानमा

जनता आवासले पक्की घर मात्रै बनाइदियो, आफ्नो जग्गा नभएका विपन्न परिवार खुला स्थानमा शौच गर्न बाध्य जनता आवास योजनाअन्तर्गत विपन्नले पक्की घर पाए । तर, शौचालय बनाइदिने प्याकेज भने सरकारी योजनामा थिएन ।...

नयाँ घरमा दसैँ मनाउन पाउँदा खुसी छन्, ‘विपन्न समुदाय’

नयाँ घर बनेपछि खुसीले गद्‌गद् छन्, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब  नेपाली मुक्त भएका छन्।‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले दुई कोठे पक्की घर बनाइ दिएपछि उनको डर र चिन्ता हटेको हो । विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुसी छाएको छ । इँटाको गारो रङ्गीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दसैँ मना

पक्की घर पाउने आसमा कच्ची घर भत्काएका दलित समुदाय वर्षाले बिचल्लीमा

मधेस प्रदेश सरकारले जनता आवास र महेन्द्र नारायण निधि आवास योजना अन्तर्गत दलित अति विपन्न समुदायका लागि पक्की घर निर्माण गर्ने योजना ल्याए पनि समयमै काम नहुँदा धनुषाका डुम र मुसहर समुदाय बर्खामा बिचल्लीमा परेका छन् ।सानो फुसको छाप्रोमा बस्दै आएका ती समुदाय पक्की घरमा बस्न पाउने भएपछि खुसी भएका थिए । करिब एक वर्षअघि उनीहरूको छाप्रो भत्काएर मधेस प्रदेश सरकारको योजना अन्तर्गत तीन कोठे पक्की घर बनाउन थालियो ।केही महिनामै नयाँ घर दिने आस्वासन पाएका उनीहरुले बर्खा लागिसक्दा पनि घर पाउन सकेका छैनन् । अस

सिरहा र सप्तरीका पाँच हजार दलित विपन्न परिवारलाई पक्की घर

जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६/०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् । फुसको …

कोहलपुरमा विपन्‍न ६१ परिवारलाई पक्की घर

बाँकेको कोहलपुर नगरपालिकामा विपन्न समुदायका ६१ परिवारले पक्की घर पाएका छन् । स्थानीय चिडिमारलगायत दलित, लोपोन्मुख समुदायका लागि वडा नम्बर १२, १४ र १५ वडामा घर बनाइएका हुन् ।

मजदुरी नपाउने डर : पक्की घरमा बस्न मानेनन् मुसहर

स्थानीय सरकारले बनाइदिएको पक्की घर अपायक भएको भन्दै सिराहाको गोलबजार नगरपालिका क्षेत्रका विपन्न मुसहर परिवारले बस्न मानेका छैनन् । गोलबजार–३ जमदह कालाबन्जरमा भान्सा, शौचालयसहित चारकोठे टिनको छानो भएको १५ वटा पक्की...

जनप्रतिनिधिले निजी खर्चमा विपन्न परिवारका लागि बनाइदिए पक्की घर

झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन्।

जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट एक विपन्न परिवारलाई बनाइदिए पक्की घर

झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् ।    वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गरेका हुन् ।वडाध्यक्ष बरालले स्थानीयवासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको

जनता आवास कार्यक्रममार्फत विपन्न दलितले पाए पक्की घर

संखुवासभा — पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–८ पाठकगाउँ रातमाटेका विपन्न दलित नागरिकहरुले ‘जनता आवास कार्यक्रम’मार्फत नयाँ पक्की घर पाएका छन् । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाको प्राविधिक तथा आर्थिक सहयोगमा पाठकगाउँ भित्रका पिप्ले, अर्चले, रातमाटे, पाठकगाउँ, डाँडागा...

पक्की घर पाएपछि विपन्न परिवारमा खुसी

घर नहुँदा झुप्रोमा कष्टपूर्ण जीवन निर्वाह गरिरहनुभएका बन्दीपुर गाउँपालिका–४, विमलनगर निवासी सूर्यबहादुर नेपाली पक्की घर पाएपछि खुसी हुनुभएको छ । सोही ठाउँ निवासी समाजसेवी सीता थापाको सक्रियतामा घर निर्माण गरी नेपालीलाई हस्तान्तर गरिएको हो । सीताको नेतृत्वमा विभिन्न व्यक्तिबाट सहयोग जुटाएर दुईकोठे पक्की घर बनाइएको छ । विभिन्न समूह र व्यक्तिबाट एक लाख २३ हजार रुपियाँ नगद सङ्कलन गरी सिमेन्ट, ढुङ्गा, बालुवा, जस्तापाता खरिद गरी बाँकी स्थानीयवासीबाट श्रमदान गरी सो घर निर्माण गरिएको हो ।