सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ। बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो । सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको जानकारी एक न्यायाधीशले रातोपाटीलाई बताए । सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो ।यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट