राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन् । काठमाडौंको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर फेसबुकमा राख्दै उनले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन् । बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र […]

सम्बन्धित सामग्री

माधवप्रति बालेनको कटाक्ष : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रति कटाक्ष गरेका छन् । तीनकुनेको समस्या समाधान नगरेको भन्दै शाहले अब कुन मुख देखाएर जनता माझ भोट माग्न  जाने भन्दै प्रश्न गरेका हुन् ।उनले लेखेका छन्, आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट मा

आचारसंहिता विपरित कुलमान घिसिङ माओवादीलाई भोट माग्दै !

नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर निर्वाचनको प्रचार थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले नै बुधबार बिहान ८ बजेर २६ मिनेटमा आफ्नो फेरिफाईड फेसबुक पेजमा कुलमान सहितको फोटो राखेर माओवादी केन्द्रलाई भोट दिन अपिल गरेका छन्।फोटोमा अध्यक्ष प्रचण्ड, मन्त्री जनार्दन शर्मा, र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो छ । अध्यारोबाट उज्यालोको यात्रा भन्दै फोटोमा माओवादी केन्द्रलाई भोट गर्न आग्रह गरिएको छ । तर यो निर्वाचन आचारसंहिता विपरित छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितामा संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ। विद्युत प्राधिकरण पनि सरकारी निकाय हो र कुलमान पनि त्यस निकायको कर्मचारी हुन् । तसर्थ कुनै पार्टीको लागि भोट माग्न कुलमान संलग्न हुन पाउदैनन् । सोहि कारण कुलमान सहितको फोटो राखेर प्रचार गर्नु आचारसंहिता विपरित हुन जान्छ । केहि दिन अघि मात्र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई स्पष्टीकरण सोधेको थियो ।

भोट माग्न माधव नेपाल निवास पुगे गृहमन्त्री बादल

आसन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि भोट माग्न सहयोगको आग्रह गर्दै नेकपा एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।पार्टीलाई २०७५ जेठ २ गतेको अवस्था पुर्‍याउनुपर्ने भन्दै पूर्व माओवादीहरूको प्रवेशलाई अस्वीकार गर्दै आएका नेता नेपालसँग सहयोग माग्न बाद...