फागुन ५, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ ।
सभा नेशनल लाइफको केन्द्रीय भवन लाजिम्पाटमा बिहान १०:३० बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण लगानीकर्ताबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन २२ गते (एक दिन) बुक क्लोज गर्ने जानकारी गराएको छ ।
यस आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।