गौतम बुद्धका कारण लुम्बिनी प्रदेश विश्वभर परिचित छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर प्रदेशका पर्यटन प्रवर्द्धनका योजना सञ्चालन भइरहेका छन् । बुद्ध सम्बन्धित पुरातात्त्विक सम्पदाले पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुको महत्त्व बढ्दो छ । प्रदेशमै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज दुर्लभ पाटे बाघका कारण चर्चामा छ । बाघ अवलोकनका लागि प्रदेशको पश्चिम कुनास्थित बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने धेरै छन् ।