बझाङ : बझाङको सेती नदी किनारमा बुधबार दिउँसो मृत फेला परेकी महिलाको पहिचान भएको छ।शव बझाङको तलकोट गाउँपालिका–३ बस्टिकी २६ वर्षीया धनलक्ष्मी भण्डारी रोकायाको भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिए। धनलक्ष्मी असोज ८ गते रातिदेखि सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय र जिल्लाका सञ्चारमाध्यममा सूचनासमेत गरेको आफन्तले बताएका छन्।उनको शव आज दिउँसो २ बजे बझाङको जयपृथ्वी नगरपालिका–१० पानकोटस्थित पुलमुनि सेती किनारमा फेला