प्रतिनिधिसभाका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्ती मगरले देशमा औद्योगीकरणमा लैजान नसक्दा युवाहरुको विदेश पलायन बढेको बताएकी छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा बोल्दै मगरले मुलुकको उत्पादन वृद्धि र रोजगारीको सिर्जनका लागि पनि कृषि, पर्यटन र औद्योगिक क्षेत्रको विकासमा लाग्नुपर्ने बताइन् । मुलुकको आर्थिक विकासका लागि धेरै कामहरु गर्नुपर्ने भएपनि परम्परागत बजेट प्रणाली र खर्च संरचनाले गर्दा उचित उपलब्धी हासिल गर्न नसकेको उनले बताइन् । सोही अवसरमा मग