तनहुँ - डिभिजन वन कार्यालय तनहुँले जङ्गली जनावर र मानवबीचको द्वन्द्व न्यूनीकरणको लागि सामुदायिक वनमा १५ वटा पानीको पोखरी निर्माण गरेको छ । जिल्लाको भानु नगरपालिकामा–१२,बन्दिपुरमा दुई र देवघाटमा एक पोखरी निर्माण गरेको हो । डिभिजन वन कार्यालयबाट दश र जिल्ला वन पैदावर समितिबाट पाँच पोखरी निर्माण गरिएको छ ।
जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको लागि सहयाेगी जस्तै बन्न पुगेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । तनहुँमा वन्यजन्तुले किन मानिस मा...