अमेरिकाका राष्ट्रपति जो बाइडन र जर्मनीका चान्सलर ओलाफ सोल्जले रुसलाई युक्रेन तनाव घटाउनका लागि वास्तविक कदम चाल्न माग गरेका छन् ।
त्यो भनेको सीमा नजिक तैनाथ रहेका सबै सैनिक फिर्ता हो ।
मंगलवार रुसले युक्रेन सीमानजिक तैनाथ १० हजार सैनिक अड्डातर्फ फर्किन थालेको जानकारी दिएको थियो ।
तर आफ्ना सैनिकहरू रुसले फर्काएको कुनै संकेत नपाइएको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बताए ।
उनले भने, ‘टुकडीहरू सामान्य परिवर्तन भएको हामी देख्दैछौं । यी परिवर्तनलाई सेना फिर्ता लगेको म भन्दिनँ । ...