गैरआवासीय नेपाली (एनआरएन) हरूले नेपालको जलविद्युत्, बैंकिङ, शिक्षाजस्ता महत्र्वपूर्ण क्षेत्रमा लगानी गरिरहेका छन् । विदेश गएका नेपाली पलायन हुन्छन्, फर्किंदैनन् भनिन्छ । त्यसो होइन, विदेश जानु र नफर्कनु अलग कुरा हुन् । पहिलेको र अहिलेको ‘ट्रेन्ड’ फरक छ । आजभन्दा १० वर्ष अगाडिसम्म पनि नेपालीहरू विदेश गएर उतै पलायन हुन्छन्, उतै बस्छन्, स्वदेश फर्किंदैनन् भन्ने भाष्य थियो । अहिले त्यो अवस्था धेरै परिवर्तन भइसकेको छ । त्यो परिवर्तनको शुरुआत पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नै गरेको हो ।
सरकारले नेपालको विकासमा गैरआवासीय नेपालीबाट गर्ने अपेक्षा लगानी भित्र्याउनु नै हो । आज विश्वका ८२ देशमा नेपालीहरू संगठित भएका छन् । ५० भन्दा बढी देशमा सक्रिय रूपमै संघमा सहभागी छन् । हाल अनलाइन रजिस्ट्रेशनमार्फत जोडिएका सदस्यलाई मात्रै हेर्ने हो भने पनि डेढ लाखभन्दा बढी छन् । यसबाहेक पनि धेरै रहेका छन् । यो ठूलो जमातलाई राज्यले कसरी सदुपयोग गर्छ वा आकर्षित गर्छ, त्यसमा भर पर्छ ।
आज कुनै गैरआवासीय नेपालीले बेलायत बसेर अमेरिकी कम्पनीको आईटीको काम गरिरहेको छ भने भोलि नेपालमै बसेर पनि त्यो काम गर्न सक्छन् । यसका लागि सरकारले उपयुक्त नीति ल्याउनुपर्यो ।
संघका साथीहरू मिलेर लगानी र यससम्बन्धी विभिन्न सेमिनार चलाएका छौं । गैरआवासीय नेपालीहरूको सबैभन्दा ठूलो लगानी नेपालको जलविद्युत्मा आएको छ । ठ्याक्कै यतिको लगानी नेपालमा आएको छ भन्न नसकिए पनि सामूहिक तथा व्यावसायिक रूपमा र सहयोगस्वरूप आएको लगानी खर्बौं रुपैयाँ बराबरको छ ।
हामीले विदेशी लगानी भित्र्याउने त भनेका छौं, तर लगानी ल्याउने कसले भन्ने मूल प्रश्न हो । कुनै पनि विदेशी संस्थाले नेपालको मायाले मात्रै लगानी गर्दैनन् । उनीहरूले नाफाघाटा राम्ररी हेरेका हुन्छन् । तर, देशका लागि लगानी गर्ने भनेका गैरआवासीय नेपाली नै हुन् । विदेशीहरू नेपालमा आएर लगानी गर्न यहाँको अवस्था र राजनीतिक वातावरण हेरेर मात्र आउँछन् । राजनीतिक स्थायित्व नभएसम्म देशमा विदेशी लगानी आउन सक्दैन । किनकि उनीहरू लगानीको सुरक्षा र उचित प्रतिफलको प्रत्याभूति खोज्छन्, जुन स्वाभाविक पनि हो ।
एनआरएनकै लागानीमा ठूलाठूला पाँचतारे होटेल सञ्चालनमा आएका छन् । जलविद्युत्, बैंक, स्कूल/कलेज, इलेक्ट्रोनिक, आईटी, हस्पिटालिटी, स्वास्थ्यलगायत क्षेत्रमा उनीहरूको धेरै लगानी छ । नेपालमा एनआरएनहरूले लगानी गर्न सक्ने ठाउँ धेरै छन् । त्यहाँ उनीहरूले प्रत्यक्ष लगानी गर्न सक्छन् । हाल एनआरएनएसँग रू. १० अर्बको फन्ड पनि छ । त्यसलाई परिचालन गर्ने क्रममा छौं । त्यसलाई एनआरएन फाउन्डेशनमार्फत विभिन्न क्षेत्रमा खर्च तथा लगानी गर्दै आएका छौं । त्यसबाहेक गैरआवासीय नेपालीहरूले नेपालमा सानोसानो व्यवसाय धेरै सञ्चालन
गरेका छन् ।
सरकारले हाल विदेशमा बसेका नेपालीलाई आईपीओ खरीद गर्न पाउने व्यवस्था छ । डलर खाता सञ्चालनदेखि केही निर्णय भएका छन् । ठूला आयोजनामा पनि लगानी गर्न सक्ने अवस्था छ । तर, यत्तिले देश विकासमा टेवा पुग्नेगरी यो ठूलो समुदायको लगानी कसरी आउँछ भन्नेतर्फ राज्यले सोच्नुपर्छ ।
विदेशबाट पैसा ल्याउनु मात्र लगानी होइन
विदेशबाट लगानी ल्याउनु भनेको पैसा मात्र हो भन्ने आम बुझाइ छ । वास्तवमा त्यस्तो होइन । ज्ञान, शीप, प्रविधि र बौद्धिकता नेपाल आउनु पनि लगानी नै आउनु हो । त्यस्तो प्रतिभा क्षमता पनि नेपालमा धेरैभन्दा धेरै ल्याउनु जरुरी छ । त्यसमा गैरआवासीय नेपालीले हिजो पनि सहयोग गर्दै आएको थियो, भोलि पनि गर्न तयार छ । त्यसका लागि राज्यले स्पष्ट नीतिसहित सहजीकरण गर्नुपर्छ ।
सरकारले विप्रेषण मात्र नेपाल ल्याउने होइन । हामीले विश्वमा भएका नेपालीको ज्ञान, शीपलाई नेपाल भित्र्याउनुपर्छ । नेपालको जुन क्षेत्रमा काम गर्ने दक्षता उहाँहरूसँग छ, त्यस क्षेत्रका लागि अघि सार्नुपर्छ । यसका लागि हामीले एउटा ‘टास्कफोर्स’ नै खडा गरेर काम गरिरहेका छौं । त्यसलाई कुनकुन क्षेत्रमा ल्याउने भन्ने विषयमा सरकारी तहबाटै स्पष्ट हुनु जरुरी छ ।
नेपालबाट पढ्न गएकाहरू फर्केर नेपालमै आउने वातावरण बनाउन गैरआवासीय नेपालीहरूले सहयोग गर्नुपर्छ । यसमा नेपाल सरकारको उल्लेख्य साथ र सहयोग हुनुपर्छ । पढ्नकै लागि विदेश पुगेका विद्यार्थीलाई कम्तीमा इन्टर्नशिप नेपालमा गर्ने वातावरण बनाउन सके उनीहरूको सिकाइ देशका लागि उपयोगी बन्न सक्छ । साथै विदेशमै जन्मे हुर्केका विद्यार्थीलाई नेपालमा इन्टर्नशिप गराउने वातावरण बनाउन सके उनीहरूले देश बुझ्ने मौका पाउने थिए । देशप्रतिको अपनत्व पनि बढ्दै जान्छ । यसले गर्दा विदिशिने बौद्धिक सम्पत्ति नेपालमै उपयोग हुन्छ ।
नेपालमा सूचनाप्रविधिको क्षेत्रमा निकै अवसर छ । सूचना प्रविधिको शीपयुक्त जनशक्तिले नेपालमै बसेर विदेशका काम गर्न सक्छन् । त्यसबाट उल्लेख्य कमाइ गर्न सक्छन् । नेपालमा सञ्चालित सूचना प्रविधि उद्योगमा गैरआवासीय नेपालीहरूको पनि ठूलो लगानी छ । उनीहरूले विदेशमा पनि सूचनाप्रविधिका ठूला कम्पनी स्थापना गरेका छन् । त्यसलाई नेपालमा विस्तार गर्न सकिन्छ । आज कुनै गैरआवासीय नेपालीले बेलायत बसेर अमेरिकी कम्पनीको आईटीको काम गरिरहेको छ भने भोलि नेपालमै बसेर पनि त्यो काम गर्न सक्छन् । यसका लागि सरकारले उपयुक्त नीति ल्याउनुपर्यो । तर, अहिलेसम्म गैरआवासीय नेपालीलाई स्वदेशमै फर्केर उद्यम व्यवसाय गर्न सहज हुने खालका नीति छैनन् । भिसालगायत प्रक्रिया झन्झटिलो छन् ।
विदेशमा सबैजसो काम अनलाइनबाटै हुन्छ । पासपोर्ट घरमै डेलिभरी हुन्छ । नेपालमा पनि सम्भव भएसम्मका काम अनलाइनमार्फत गर्न सकिने व्यवस्था भए श्रम, समय र पैसाको समेत बचत हुन्छ । विश्व समुदाय नै प्रविधिमैत्री हुँदै गएकोमा नेपालले पनि सूचनाप्रविधिको भरपूर लाभ लिन सक्नुपर्छ ।
सरकारले नागरिक मान्दैन भने लगानी किन गर्ने ?
अहिले नागरिकताको मुद्दा चर्को रूपमा उठेको छ । नेपालमा लगानी ल्याउन होइन, नेपालको पैतृक सम्पत्ति लैजान नागरिकता मागे भन्ने भाष्य बनेको छ । त्यो गलत हो । गैरआवासीय नेपालीलाई नागरिकताका बारेमा पहिलो बहस बेलायतमा चलाएका थियौं । नागरिकता, लगानी र भूपू गोर्खाका बारेमा छलफल चलाएका छौं । लामो इतिहास भएका गोर्खाहरू कतिपय अवस्थामा अप्ठ्यारोमा छन् । उनीहरूलाई नेपालमा लगानी गर्ने सहज वातावरण बनाइदिन सके नेपालसँगको सामीप्य र लगानी प्रवद्र्धनसमेत हुने थियो ।
आर्थिक विकासका क्षेत्रमा धेरै गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्न चाहन्छन् । सरकारले पनि लगानी गर्न ‘आऊ’ भनिरहेको छ । तर, नागरिकता नपाएकै कारण पनि उनीहरू समस्यामा छन् । सानो लगानी ल्याएर सानो कम्पनी खोल्नुपर्यो भने अरूको सहयोग लिनुपर्ने अवस्था छ । यसमा हामीलाई भन्दा पनि हामीपछिको पुस्तालाई झनै कठिन हुने देखिन्छ । अब आउने पुस्ता, जसले जन्मजात विदेशको नागरिकता पाएको छ, त्यो पुस्ताले नेपाल फर्किन्छु, यहाँ आएर केही व्यवसाय गर्छु भन्दा ठूलो समस्यामा पर्ने देखिन्छ । नेपालको विद्यमान नीतिले लगानी आकर्षण गर्दैन । नेपालीलाई विदेशी नागरिकता लिनु रहर होइन, बाध्यता हो । त्यहाँका आवश्यकता पूर्तिका लागि पनि विदेशी नागरिक बन्नुपरेको हुन्छ । आफू गएपछि परिवार लैजानैपर्यो । परिवार लगेपछि बच्चा हुन्छ । उनीहरू जन्मजात नै त्यहाँका नागरिक हुन्छन् । उनीहरूको भविष्यकै लागि पनि बस्नुपर्यो । तर, हामी एकपटकको नेपाली सधैंको नेपाली हौं ।
लगानीका लागि स्थिर सरकार आवश्यक
गैरआवासीय नेपालीको लगानी सुरक्षा प्रमुख विषय हो । यसका लागि सरकारको स्थिरताले पनि ठूलो महत्र्व राख्छ । लगानी आकर्षित हुन प्रतिफल दर पनि राम्रो हुनुपर्छ । यहाँ लगानी गर्नुभन्दा अन्य देशमा लगानी गर्दा फाइदा बढी छ भने मानिसले उतै लगानी बढाउँछन् ।
नेपालमा सरकार निर्धारित समयसम्म नटिक्ने समस्या छ । साथै मन्त्रीहरू छिटोछिटो फेरबदल भइरहन्छन् । एउटा मन्त्रीले गरेको निर्णय कार्यान्वयनमा जान नपाउँदै मन्त्री फेरिँदा काम प्रभावित हुने गरेको छ । राम्रै निर्णय भए पनि अर्को मन्त्री आउँदा त्यसले निरन्तरता नपाउने समस्या छ । यसले गर्दा लगानीकर्ताको अपेक्षा निराशामा परिणत हुने गरेको छ । किनकि सम्बद्ध मन्त्रालयमा मन्त्री फेरिँदा कतिपय काम पुनः शून्यबाटै थाल्नुपर्ने हुन्छ । लगानीका लागि एकद्वार नीति ल्याइए पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । अभैm पनि लगानीकर्ताले एउटै कामका लागि दशओटा निकायमा धाउनुपर्ने बाध्यता छ । सरकारका नीति तथा कार्यक्रम, घोषणा र नीतिहरू प्रभावकारी ढंगले कार्यान्वयन नहुँदा लगानीकर्ताले दुःख पाएका छन्, जसले गर्दा बा≈य लगानी घट्दै गएको सरकारी तथ्यांकले नै देखाएका छन् । सरकारले यी र यस्ता विषयमा सुधार गर्ने हो भने नेपाल लगानीको आकर्षक गन्तव्य बन्न सक्छ । यसमा गैरआवासीय नेपाली मात्र होइन, विदेशीहरू समेत उल्लेख्य परिमाणमा लगानी गर्न तयार हुन्छन् ।
(अधिकारी गैरआवासीय नेपाली संघका केन्द्रिय उपमहासचिव हुन्)
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पोखरालाई सन् २०११ का लागि अन्तरराष्ट्रिय पर्यटकको प्रमुख गन्तव्य स्थल बनाउन गैरआवासीय नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली’ भन्ने मूल नाराका साथ पोखरामा आयोजित एनआरएन दिवस २०६७ मा उनले सो अनुरोध गरेका हुन् ।
पोखरा अन्तरराष्ट्रिय पर्यटकका लागि आवश्यक सबै कुरा उपलब्ध भएकाले नेपाल भ्रमण वर्ष २०११ मा पोखरालाई पहिलो गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गर्नुपर्ने भनाइ नेम्वाङको थियो । उनले भने, ‘पोखराको सुन्दरता दिनदिनै बिग्रँदै गएकाले यसको संरक्षण र संवर्द्धनमा पनि पहल गर्न म गैरआवासीय नेपालीहरूलाई अनुरोध गर्छु ।’ गैरआवासीय नेपालीहरूको क्षमताअनुसार लगानी गर्ने वातावरण निर्माण गर्न सरकार असफल भएकोमा उनले चिन्तासमेत व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले देशको अर्थव्यवस्थाको नेतृत्व अब निजीक्षेत्रले लिने दाबी गरे । उनले राजनीतिक दलहरू आपसमा लड्दा देशले बजेट र सरकार दुवै पाउन नसकेकाले अब राजनीतिक दलको भरमा देशको अर्थतन्त्र नचल्ने धारणा राखे । निजीक्षेत्रको नेतृत्वलाई एनआरएनले पनि सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले ढुक्कसँग नेपालमा लगानी गरी निजीक्षेत्रलाई सहयोग गर्न एनआरएनलाई अनुरोध गरे । एनआरएनसँग पर्यटन र देशको अर्थतन्त्रको विकासका लागि काम गर्न निजीक्षेत्र सधैं तयार रहेको उनको भनाइ थियो ।
वर्ष ६, अंक ३४, सोमवार, २५ असोज २०६७
जापानमा नेपाल फेस्टिभल मनाइएको छ। कोभिड महामारीको चुनौतीका बीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिभल मनाइएको हो।राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिभल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।फेस्टिभललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो। फेस्टिभल उद्घाटन नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना गरेका थिए। उद्घाटन समारोहमा जापानको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचार
टोकियो – जापानमा नेपाल फेस्टिबल मनाइएको छ। काेराेना महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो। राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिवल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो। फेस्टिवललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो। फेस्टिवल […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प, बाढी, पहिराे लगायतका विपद्मा गैरआवासीय नेपाली संघको सहयोग सराहनीय रहेको बताएका छन्। बिहीबार नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार कार्यक्रमलाई सम्बाेधन गर्दै विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना महामारीकाे वैदेशिक रोजगारीमा रहेका २ लाख नेपालीलाई सहयोग गरेको बताएका हुन्। उनले सरकारले वैदेशिक रोजगारी बचत पत्र निष्कासन गरेको छ। गैरआवासीय नेपाली नागरिकलाई सहज बनाउन
गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समय देखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्याउन सहयोग गर्ने र अब बैंक प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यकता अनुसार अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने बताए ।एनआरएनए जापानको
लन्डन । गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई २२ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आईसीयू बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।
परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्वय परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आइसियु बन्ने काम अगाडि बढेको हो ।गैरआवासीय नेपाली सङ्घका केन्द्रिय कोषाध
लण्डन । गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आइसियु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए । परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै […]
गैरआवासीय नेपाली संघ सातौं एशिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला बैठकले नेपाली मूलका विदेशी नागरिकहरुलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गरेको छ । संघका क्षेत्रीय संयोजक किरण विक्रम थापाको सभापतित्व, म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम ऊ क्याउ तिनको प्रमुख आतिथ्यता, म्यानमारका लागि नेपाली राजदूत भिम उदास, प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठक, पूर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतको विशेष आतिथ्यता, परराष्ट्र मन्त्रालयका सहसचिव काली प्रसाद पोखरेल, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो पदाधिकारी सल्लाहकार एवं अभियन्ताहरुको उपस्थितिमा आइतबार म्यानमारको यांगुनमा बैठक सम्पनन भएको थियो ।