काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नकाे सङ्ख्या फरक–फरक हुने निर्वाचन आयोगले जनाएको छ । जसअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ५९ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुनेछ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २८ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै प्रदेश नम्बर १ मा ५५ वटा चुनाव चिह्न भएको मतपत्र हुने छ । बाग्मतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा चुनाव चिह्न भएको मतपत्र प्रय...