शोधानान्तर ६८ अर्ब र चालु खाता २० अर्ब भन्दा बढी घाटामा

काठमाडौं : रेमिट्यान्सको आप्रवाह उच्च दरमा बढे पनि आयात व्यापार बढ्दै जाँदा प्रत्येक महिना शोधनान्तर घाटा बढ्दै गएको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा देशमा भित्रिने रकमको तुलनामा ६८ अर्ब २० करोड रुपैयाँ भन्दा बढी बाहिरिएको छ।  पेट्रोलियम पदार्थ, हवाइजहाज तथा पार्टपुर्जालगायतका वस्तुहरूको उच्च आयात...

सम्बन्धित सामग्री

आर्थिक सूचकाङ्क सन्तोषजनक

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो महिनामा पनि शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।

शोधनान्तर स्थिति बचतमा, चालू खाता घाटा थप १ अर्बले बढ्यो

कात्तिक महिनामा पनि मुलुकको शोधनान्तर स्थिति बचतमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार ४ महिनाको (साउन–कात्तिक) वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । १४ महिनापछि अघिल्लो महिना बचतमा देखिएको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । तर यता समीक्षा अवधिमा मुलुकको चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ

चालु खाता घाटा घट्यो, शोधनान्तर स्थिति पनि पोजेटिभ

अघिल्लो वर्षको तुलनामा यस वर्ष मुलुकको चालू खातामा उच्च सुधार आएको । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म चालु खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता १ खर्ब ६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अघिल्लो असार महिनाको तुलनामा भने २० अर्ब ९२ करोड रुपैयाँले घाटा बढेको छ । उसो त अघिल्लो वर्षको तुलनामा यसवर्ष शोधनान्तर स्थितिमा समेत सुधार आएको बैंकको तथ्याङ्कले देखाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रु

अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा

गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक बिग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ ले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो ।अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालू खाता १ वर्षमा ५ अर्ब १७ करोडले घाटामा पुगेको छ । गत आर्थिक वर्षको १२ महिनामा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ ।निर्यातआयात अनुपात १० दशमलव ४ प्रतिशत पुगेको

आर्थिक वर्षको १० महिनामा सोधानान्तर स्थिति पौने ८ अर्ब बचत

चालु  आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो ।  अमेरिकी डलरमा अघिल्लो वर्षको सोही  अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपोर्टमा उल्लेख छ ।  समीक्षा अवधिमा चालु खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको

शोधनान्तर स्थिति बचतमा : आयात घट्याे, निर्यात बढ्याे

काठमाण्डाै - गएकाे वैशाख मसान्तसम्म देशको चालु खाता एवं शोधनान्तर स्थिति एक खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा चालु खाता बचतमा रहेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँ घा...