एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्।
गठबन्धनका मुख्य तीन दलका नेताबीच यही विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका थिए। देउवा र दाहालले एमसीसीलाई पठाएको पत्र सार्वजनिक ...