एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इंग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । पछिल्लो खेलमा गेराथ साउथगेटको टोलीले पोल्याण्डविरुद्ध बराबरी खेल्दै अंक गुमाए पनि १५६ औँ वरियतामा रहेको एन्डोराविरुद्ध भने गोल वर्षा गरेको हो ।कप्तान ह्यारी केनलगायत खेलाडीहरुलाई शनिबारको खेलमा आराम दिए पनि फिल फोडेन र जाडोन सान्चोलगायत युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । सान्चोको पासमा बेन चिल्वेलले खेलको १७ औँ मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा बुकाय