संविधानले जनजातिको अधिकार सुनिश्चित गरेको छ : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको वर्तमान संविधानले सबै आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताएका छन् । आज किरात देवास राई उत्थान समाज, नेपालले प्रकाशन गरेको “देवास राई कृति सङ्गालो” नामक देवास राई भाषाको पुस्तक विमोचनमा मुख्यमन्त्री पौडेलले नेपालका सबै जातजातिको भाषा संस्कृतिको संरक्षण गरिने उल्लेख गरे ।संसारलाई अनेकतामा एकताको गतिलो उदाहरण प्रस्तुत गर्न सफल नेपाल कयौँ जातजाति तथा धर्म संस्कृति र परम्पराले सुसज्जित रहेको उनको भनाइ थियो ।  मुख्यमन्त्री पौड