काठमाडौं : सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ। हाल सञ्चालनमा रहेको जस्तै नयाँ प्रिन्टर खरिद गर्न लागिएको हो। अहिले माग र आपूर्तिबीच ठूलो अन्तर भएकाले मास प्रिन्टर खरिद गर्न लागि यातायात व्यवस्था विभागले जनाएको छ। केही वर्षदेखि सेवाग्राहीले फारम भरेको वर्षदिनसम्म पनि चालक अनुमतिपत्र नपाउने अवस्था छ। चालू आर्थिक वर्षमा बजेट विनियोजन भएकाले बो