लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो । दशै बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन् ।होमस्टे व्यवसायीहरु पर्यटकको स्वागत सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको व्यवस्थापन, बिदाइलगायतका काममा व्यस्त हुन थालेका छन् । पछिल्लो समय लमजुङ ग्रामिण पर्यटनको हबसमेत बन्दै गएको छ । सार्क राष्ट्रकै नमुन