काठमाडौं। माओवादी केन्द्रबाट निर्वाचित भएका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनको पद रिक्त भएको छ। सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले उल्लेख गरे। एमाले प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रले दलत्याग गरेको पत्र राष्ट्रियसभा सचिवालयमा दर्ता गराएको थियो।