निर्वाचन सुरक्षा चुनौति : इजाजत प्राप्त हतियार बुझाउन आनाकानी

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचन विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन गृह मन्त्रालयले विभिन्न सुरक्षा नीति अपनाएको छ। कुनै आपराधिक घटना हुन नदिन सरकारले म्यादी प्रहरीदेखि नेपाली सेनासम्मको सुरक्षा संयन्त्र तयार गरेको छ। तर, अनुमति लिएर हतियार राख्नेहरूले भने निर्वाचन अवधिभर हतियार फिर्ता गर्न स्थानीय प्रशासनले दिएको निर्देशनलाई बेवास्ता गरेका छन्।आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यलयले निर्वाचन अ