सत्तारुढ नेकपा एमालेको विवाद र विभाजनको खतरा कायमै रहेको भए पनि पार्टीको भावी नेतृत्वका लागि महाधिवेशनको घोषणाा गरिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले महासचिव इश्वर पोखरेलको प्रस्तावअनुसार महाधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय लिएको हो । बैठकले संगठित सदस्यता नविकरणदेखि पालिका अधिवेशनसम्मको समय निर्धारण गरेको छ । बैठकले असार मसान्तभित्र सदस्यता नबिकरण र केन्दीय …