धनगढी : सत्तारुढ गठबन्धनले आइतबार सुदूरपश्चिम प्रदेशमा चुनावलक्षित संयुक्त भेला गर्दैछ। सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा हुने उक्त कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा यहाँ पुगेका छन्।धनगढीमा हुने भेलाको गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले समन्वय गर्नेछ। भेलालाई देउवासहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।वाम लोकतान्त्रिक गठबन्धनले शनिबार प्रदेश १ को विराटनगर र मधेश प्रदेशमा संयुक्त भेला गरेको थियो।