सकियो रमजान, पर्वभर आर्थिक कारोबार बढ्यो

जनकपुरधाम। मुस्लिम धर्मावलम्बीको चाड रमजान (ईद उल फित्र)को रौनक शनिवारदेखि सकिएको छ । ईदको नमाज पढेपछि शनिवार उक्त पर्व सकिएको हो । मुस्लिम समुदायले एक महीनाको कठोर व्रतपछि ईद पर्व मनाउँछन् । Ramadan 2023 मा व्यापारिक कारोबार समेत बढेको व्यवसायीहरू बताउँछन् । रमजान महीनामा दूध, सबई, खजुर, काजु, किसमिस जस्ता खानेकुरा धेरै विक्री हुने गरेको जनकपुरधाम २५ लोहनाका व्यापारी अहमद हुसैनले बताए । रमजानभरि उनले ३ लाख बराबरको ईदका सामग्री विक्री गरेको अनुभव सुनाए । रमजान महीनाभरि प्रायः सबै व्यापारीले राम्रो कमाइ गरेको उनको भनाइ छ । रमजान महीनाभरि खसी, कुखराको मासु धेरै नै विक्री हुने गरेको मासु विक्रेता मो. सबीरले जानकारी दिए । रमजान महीनामा २ लाख रुपैयाँ बराबरको मासु विक्री गरेको उनले बताए । रमजान महीनामा लुगाकपडाको विक्री बढेको जनकपुरधामका कपडा व्यापारी प्रमोद साह बताउँछन् । उनले रमजान अवधिमा २५ लाख देखि ३० लाख रुपैयाँको कपडाको कारोबार भएको बताए । मुस्लिम समुदायका महिला र युवायुवतीले रमजान महीनामा लुगाकपडा किन्न पसलमा धेरै नै आउने गरेको उनका भनाइ छ । रमजान महीनामा सुनचाँदीको विक्री बढेको जनकपुरधामका सुनचाँदी व्यवसायी दिपेश ठाकुरले बताए । 

सम्बन्धित सामग्री

‘गुण्डाहरू अहिले नेता बनेर अपराध गरिरहेका छन्’

२०४६ सालपछि आर्थिक कारोबार बढ्यो । उद्योग धन्दा बढे, ठेक्कापट्टा र लेनदेनका गतिविधि बढ्न थाले । क्यासिनो पनि शुरू भयो । आर्थिक कारोबार बढेपछि ऋण उठाइदिने बहानामा गुण्डागर्दी शुरू भएको हो । त्यतिवेलाका यस्ता गतिविधिमा संलग्नहरू अहिले कोही सांसद बनेका छन्, कोही व्यापारी र ठेकेदार छन् । पोखरा, भैरहवा, विराटनगर जस्ता शहरैपिच्छे फरकफरक समूहमा त्यस्ता […]