राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटघाट गर्नुभएको छ । नेपालका लागि नवनियुक्त राजदूत शाहले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गर्नुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । भेटकाक्रममा अध्यक्ष तिमिल्सिनाले राजदूतमा नियुक्त हुनुभएकोमा शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको उहाँको प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।