निषेधाज्ञाका कारण करिब ५० प्रतिशत उद्योग तथा कलकारखाना प्रभावित हुन पुगेका छन् । सरकारले बुधबारदेखि लागू हुनेगरी उपत्यकासहित २३ जिल्लामा निषेधाज्ञा लागू गरेसँगै अत्यावश्यक बाहेकका प्रायः सबै उद्योग प्रभावित हुन पुगेका छन् ।यस्तो प्रभाव मुलुकभित्र सञ्चालित झण्डै साढे ८ हजार उद्योगमध्ये ४ देखि ५ हजारमा परेको आँकलन गरिएको नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले बताएको छ ।उद्योग परिसङ्घका अध्यक्ष सतिषकुमार मोरले भने, ‘निषेधाज्ञाको प्रभाव यतिखेर मुलुकका साना तथा मझौला लघु उद्योगदेखि ठूला उत्पादनका उद्