देशले संघीयता धान्न सक्दैन, खारेज गर्नुपर्छ : अध्यक्ष केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले संघीयताको खर्च नेपाली जनताले धान्न नसक्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा आफूहरूको असहमति रहेको बताउँदै संघीयता खारेज गर्नुपर्ने बताएका छन्। उनले चैत २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर न्यूनतम साझा कार्यक्रममा समेटेका विषयहरूमा आफ्नो पार्टीका असहमति रहेको बताउँदै हस्ताक्षर आएकोमा आपत्ति जनाए। ‘न्यूनतम साझा कार्यक्रममा सम

सम्बन्धित सामग्री

संघीयता खारेजीको कुरा नीति, कार्यक्रममा आउनुपर्छ : अध्यक्ष केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन्। उनले नेपालमा संघीयता विरुद्धको जनमत तयार भइरहेको पनि बताए। उनले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि

बिहीबार घोराहीको सभालाई सम्बोधन गर्न अध्यक्ष केसी दाङमा

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार दाङको घोराहीमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राजमो दाङले जनाएको छ । आज लमहीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिइएको छ । दिउँसो १२ बजे घोराहीको ट्राफिक चोकदेखि जुलुश सुरु भएर तुलसीपुर चोक पुगेर सभामा परिणत हुनेछ । पत्रकार सम्मेलनमा पुग्नुभएका अध्यक्ष केसीले सत्तारुढ दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद घिटन भएको भन्दै पुर्नस्थापना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दक्षिणी मुलुक (भारत)ले नेपालमा अस्थिरता सिर्जना गर्न पटक–पटक गरेको प्रयास स्वरुप संसद विघटन भएको आरोप लगाउनुभयो । उहाँले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै संघीयता खारेज गर्नुपर्नेमा जोड दिनुभयो । फरक प्रशंगमा अध्यक्ष केसीले एमसीसी कुनैपनि हालतमा पास गर्न नहुने बताउनुभयो ।

संघीयता खारेजीको कुरा नीति, कार्यक्रममा आउनुपर्छः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभएको छ।