बिहीबार घोराहीको सभालाई सम्बोधन गर्न अध्यक्ष केसी दाङमा

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार दाङको घोराहीमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राजमो दाङले जनाएको छ । आज लमहीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिइएको छ । दिउँसो १२ बजे घोराहीको ट्राफिक चोकदेखि जुलुश सुरु भएर तुलसीपुर चोक पुगेर सभामा परिणत हुनेछ । पत्रकार सम्मेलनमा पुग्नुभएका अध्यक्ष केसीले सत्तारुढ दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद घिटन भएको भन्दै पुर्नस्थापना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दक्षिणी मुलुक (भारत)ले नेपालमा अस्थिरता सिर्जना गर्न पटक–पटक गरेको प्रयास स्वरुप संसद विघटन भएको आरोप लगाउनुभयो । उहाँले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै संघीयता खारेज गर्नुपर्नेमा जोड दिनुभयो । फरक प्रशंगमा अध्यक्ष केसीले एमसीसी कुनैपनि हालतमा पास गर्न नहुने बताउनुभयो ।

सम्बन्धित सामग्री

मलाई निर्माताहरुको साथ चाहिएको छ : बोर्ड अध्यक्ष केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति बराबरको रकम तिराउने

देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खोलियो : अध्यक्ष केसी

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।  प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भएका कारखाना बन्द गरेर मन्त्री र सांसदहरूको संख्या बढेपछि देशको अर्थतन्त्र बिग्रिएको बताए ।  ‘संघीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीटजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाको बखत पानी खाँदै वकालत गरेको सुनेको थिए । भयो त […]

निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन चुनावपछि पनि रहने बताए । बागलुङमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको र चुनाव पछि पनि गठबन्धन सरकार बन्ने बताए ।अध्यक्ष केसीले अघिल्लो निर्वाचनमा नेकपा (एमाले) लाई सघाएर सरकारमा पठाउँदा संविधान नै खतरामा पारेपछि अहिले पाँच दल एक ठाउँ भएर उभिनु परेको स्पष्ट पारे । उनले भने– “केपी ओलीले संविधान र लोकतन्त्रलाई धरापमा पारे, यसले गर्दा हामीहरूले गठबन्धन निर्माण गर्यौँ, यो ग

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसदलाई भत्काउनेलाई भोट दिन नहुने बताए ।सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँचदलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

बागलुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । आज बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए । सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा […]

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए । सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र

गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु हो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट नदिएर तलमाथि गर्नु नहुने बताउनुभएको हो । उहाँले गठबन्धनलाई भोट नदिनु बेइमानी भएको बताउनुभयो । गठबन्धनका उम्मेदवारहरुलाई जनमोर्चाले इमान्दारीतापूर्वक सहयोग गर्ने उल्लेख गर्दै उहाँले आफ्ना […]

जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिविरुद्ध गठबन्धन बनेकाे हाे : अध्यक्ष केसी

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाण्डौ महानगरलाई महानगरजस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गर्नुभएको छ ।  पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आज शुक्रवार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने बताउनुभयो ।  वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको स्मरण गर्दै अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट ग...

मुलुकभन्दा ठूलो गठबन्धन होइन– अध्यक्ष केसी (भिडियोसहित)

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पारेका छन् । एमसीसीविरुद्धमा बुधबार काठमाडौँमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका बिरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताए । जनमोर्चाले गठबन्धन जोगाउनभन्दा मुलुकलाई जोगाउन लागि पर्ने बताए । उनले भने, ‘अहिले संसद र न्यायलयलाई दलहरुले ध्वस्त पार्ने […]

प्रतिगमन रोक्न संयुक्त आन्दोलन आवश्यक : अध्यक्ष केसी

केरसिंह अदै, कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनलाई रोक्न संयुक्त आन्दोलनको आवश्यकतामा जोड दिनुभएको छ । शनिबार राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा बढ्दै गएको भन्दै त्यसलाई रोक्न लोकतन्त्रका पक्षधर शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो । आफ्नै पार्टीको झगडा मिलाउन नसकेका केपी ओलीले संसद्मा अविश्वासको प्रस्तावबाट आफू हट्ने देखेर संसद विघटन गरेको बताउँदै अध्यक्ष केसीले यो कदमले असंवैधानिक र प्रजातन्त्र नै धरापमा पर्ने खतरा भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना नै तत्कालिन राजनैतिक निकास भएको बताउनुभयो । अर्का नेता राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले वर्तमान राजनैतिक निकास प्रतिनिधि सभा पुनर्स्थापना भएपनि यो व्यवस्थाबाट नेपाली जनताको गास, वास, स्वास्थ, रोजगारीको समस्या समाधान नहुने बताउँदै, नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले संघीयताले गर्दा आम्दानी भन्दा खर्च बढी भएकोले देश विदेशीको ऋणको चपेटामा पर्दै गएको बताउनुभयो । संघीयता लागू गर्ने दलहरुलाई अहिले संघीयता निल्नु न उकेल्नु भएको उहाँको भनाई थियो । कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरेले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर विक, अखिल नेपाल महिला संघकी सल्लाहकार चन्द्र बदन श्रेष्ठ, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरबहादुर घर्ति मगर, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला संयोजक शशी सापकोटा, प्रगतिशील पत्रकार संघ कपिलवस्तुका अध्यक्ष माधव भाट क्षेत्री, अखिल (छैठौं) का जिल्ला अध्यक्ष रेसव आचार्यको आतिथ्यता रहेको थियो । कार्यक्रम सुरु हुनुअघि गोरुसिंगे पेट्रोलपम्पदेखि गगनभेदी नाराजुलुस सहित थारु कल्याणकारी सभाहलको प्रांगणमा पुगेर सभामा परिणत भएको थियो । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ऋषिराम शर्मा र स्वागत मुक्तिराम न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।