काठमाडौं । प्र्याङ्क भिडियोका नाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।
'बदमास केटा' नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाएका थिए ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा...