अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

काठमाडाैँ – वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । आज बसेको सङ्घको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स सङ्घका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्...

सम्बन्धित सामग्री

अत्यावश्यक बाहेकका वस्तुको प्रतितपत्र तत्काल नखोलिने, ब्याजदर पनि नबढ्ने

चैत २८, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स संघले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।           आइतवार बसेको संघको बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो । बैङ्कर्स संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए ।     बैंकहरूले गत साता नै गाडीलगायत कम आवश्यक र विलासिताका वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखालाई निर्देशन दिइसकेका छन् । तर उक्त विषयमा बैंकर्स संघले औपचारिक रुपमा आइतवार मात्र निर्णय गरेको हो ।        उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार संघले सो निर्णय गरेको हो । संघले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।             यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न ४७ ओटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो ।             यस्तैगरी, गत सोमवार राष्ट्र बैंकले २७ ओटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर गाडीलगायतका वस्तु आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंकले गाडी लगायतका वस्तुको एलसी खोल्न बन्द गरिसकेका छन् ।   संघले औपचारिक रूपमै अर्को सातासम्मका लागि उल्लिखित वस्तुका लागि एलसी नखोल्ने निर्णय गरेको स्रोतले बताएको छ ।  ब्याजदर पनि नबढाउने आइतवार  नै बसेको संघको बैठकले आगामी वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । बैङ्कर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११ दशमलव शून्य ३ प्रतिशतको ब्याज दरले निरन्तरता पाउनेछ ।

एक साता अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय

काठमाडौँ- नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यकबाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। आइतबार बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो । आयात बढेर विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएपछि राष्ट्र बैंकले विदेशी […]

अब एक साता एलसी नखोल्ने बैँकहरुको निर्णय

काठमाडौँ- नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले आगामी एक सातासम्म अत्यावश्यक बाहेक अन्य वस्तुको प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। संघको आइतबार बसेको बैठकले निक्षेपको ब्याजदर स्थिर राख्ने र एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो। बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेपछि राष्ट्र बैंकले विलासिताका वस्तुहरुको […]