प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टी एकताका लागि अघि सारेको ६ बुँदे प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर र सोही प्रकरणमा अदालतमा पेश भएको हस्ताक्षर फिर्ता लिन गरेको आग्रहलाई माधव नेपाल पक्षले अस्वीकार गरेको छ ।
‘प्रतिनिधि सभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुुनुपर्ने पूर्वशर्त राखिएको छ’ सोमबार आफू पक्षको स्थाय...