काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रस्ट र फाउन्डेसनका नाममा राज्य कोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको बताएका छन् । उनले त्यो काम सरसर्ती भ्रष्टाचार भएको समेत भनेका छन् । श्रीलङ्कामा भएको घटनासँग जोड्दै उपसभापति गुरुङले नेताका नाममा खुलेका ट्रस्टमा बजेट लगानी गर्ने काम अहिल्यैबाट छोड्नुपर्ने बताएका छन् । […]