बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंसिर ४ को निर्वाचनमा जिते नेकपा एमालेले गणतन्त्र सिध्याउने आरोप लगाएका छन्।उनले बागलुङमा आइतबार पाँचदलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले गर्न बाँकी काम गणतन्त्र सिध्याउने रहेको र राजतन्त्र फर्काउन लागेको आरोपसमेत एमालेविरुद्ध लगाए।एमालेले राजावादीसँग साँठगाँठ गरेर राजा ल्याउन खोजेको आरोप पनि केसीले लगाए। एमालेको सरकार आए देश संकटमा पर्ने उनको भनाइ थियो।केसीले भने‚ ‘एमालेले अ