मकवानपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पद छोड्न दबाब बढ्दै गएको छ ।
सत्तारुढ गठबन्धनमा वाग्मती प्रदेश सरकारको आधा–आधा कार्यकाल नेकपा एकीकृत समाजवादी र कांग्रेसले नेतृत्व गर्ने पूर्वसहमति भएको भन्दै मुख्यमन्त्री परिवर्तनको लागि दौडधुप सुरु भएको हो । तर आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पास गरेर ढुक्क बनेका मुख्यमन्त्री पाण्डे अब हुने सङ्घ र प्रदेशको चुनावसम्ममा मुख्यमन्त्री छोड्न तयार हुनुहुन्न ।
पाण्डेले केन्द्रलाई ताकेता गर्दै मुख्यमन्त्रीमा निरन्तरता दिन खोजेपछि कांग्रेस र माओवादीले पनि दबाब दिन ...