सेयर बजारको परिसूचक नेप्से गत साता बन्द हुँदा १८७७ अंकमा थियो । यो साता करिब ८२ अंक बढेर १९५९ अंकमा बन्द भएको छ । कारोबार भएका चारै दिन नेप्से परिसूचक हरियो रहृयो । पहिलो दिन आइतबार ५.८, सोमबार ८.१, मंगलबार ५१.३ र बुधबार १६.४ अंक बढ्यो । कारोबार रकम पनि यो साता बढ्यो ।