दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।