नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण गर्नु रहेको बताएका छन् । त्यस्तो क्रान्तिकारी पार्टी बन्न सक्ने आधार माओवादीमा रहेको उनको विश्लेषण छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई आइतबार सम्वोधन गर्दै गर्दै नेता श्रेष्ठले ऐतिहासिक जनयुद्ध, जनसंघर्ष र परिवर्तनको नेतृत्व गरेको हुनाले माओवादी पार्टीले क्रान्तिकारी कार्यभार पूरा गर्न सक्ने बताए ।समाजवादी क्रान्ति हाँक्न सक्ने पार्टी बनाउनका लागि वैचारिक समस्या मुख्य रहेको भन्दै श्रेष्ठले पा