जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका १३ पिपराका २० वर्षीय गणेश यादव र २६ वर्षीय सुवास यादव छन् । उनीहरुलाई १९ वर्षीय किशोरी र २२ वर्षीय युवतीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको आरोप छ ।