गुल्मी : गत मंगलबार दिउँसो नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री र २४ वर्षका सागर बोहोरा तम्घासमा सँगै बसेर मदिरा खाएका थिए। उनीहरूसँग अन्य साथीहरू पनि थिए। सँगै बसेर खाएका रुद्र थापा, गणेश खत्री र बोहोरालाई अत्याधिक नसा लागेको थियो। खत्रीले भने मदिरा खाएका थिएनन्। भूपू सैनिक रुद्र थापाले चलाउने एम्बुलेन्स लिई इश्मा गाउँपालिका हस्तिचौर मल्दीमा साथी गणेशलाई छोड्न खत्री गए। सँगै बसेर खानपान गरेका सागरको छाता एम्बुलेन्समै छुटेको थियो। सागरले म