भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकारको विषय भएको बताएका छन् । दिल्लीस्थित नेपाली दूतावास र भारतको थिङ्क ट्याङ्क इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिसए)ले भारतको आन्ध्र प्रदेशस्थित विसखापटनममा संयुक्त रुपमा गरेको नेपाल–भारत व्यापार, पारवहन र कनेक्टीभिटी विषयक विज्ञहरुको कार्यशालामा उपाध्यायले सो कुरा बताएका हुन् ।