नुवाकोटका पाठक राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित

राप्रपा केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित भएका छन् । राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी निकट उनी नुवाकोटका हुन् । उनले आइतबार सम्पन्न निर्वाचनमा ११९५ मतका साथ विजयी हासिल गरेका हुन् । राप्रपाको स्थापनाकालदेखि नै सक्रिय उनी यसअघि पनि पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।राप्रपाको निर्वाचनमा नेतृत्वमा भने कमल थापालाई हराउँदै राजेन्द्र लिंदेन विजयी भएका छन् ।  

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

६ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा राजदूत थम्पसनले राप्रपा अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य निर्वाचित भएकामा र ४ मंसिरको निर्वाचनमा राप्रपाले सफलता पाएकामा बधाई दिएका थिए । भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा […]

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपा निर्वाचित

जुम्ला– एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निर्वाचित भएका छन् ।  प्रदेशसभाका दुईवटा क्षेत्रअन्तर्गत -१(१) मा स्वतन्त्र उम्मेदवार र २ (२) मा एमालेका उम्मेदवार विजयी भएका छन् । राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाह) विजयी भएका हुन् । उनले सत्ता गठबन्धनका उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार […]

झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र, निर्वाचित उपाध्यक्षभन्दा पछाडि वरीयता

विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने अन्तिम तयारीमा लागेका छन् । राप्रपा उच्च स्रोतका अनुसार उनी एक–दुई दिनभित्रै राप्रपा प्रवेशको तयारीमा लागेका हुन् । त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् । राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ । मिश्र र राप्रपाका नेताहरुबीच भएको सहमतिअनुसार उनी राप्रपाबाट निर्वाचित उपाध्यक्षभन्दा पछि रहने

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश

बागमती प्रदेशसभा सदस्य तथा राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन् । शुक्रबार बागमती गाउँपालिका–३ मा आयोजित एक कार्यक्रममा माझी राप्रपा नेपालमा प्रवेश गरेकी हुन् । माझीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए । माझीलाई पार्टीमा स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी पार्टीलाई बलियो बनाउन सक्रिय हुनुपर्ने बताए । उनले आगामी दिनहरुमा कुनैपनि भ्रममा नपरी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्ने

राप्रपा हाम्रो बाटोमा आउन लाग्यो : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो मातृपार्टी राप्रपा पनि आफ्नो बाटोमा आउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् । राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफूलाई उभ्याएपछि थापाले सो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणा सर्वप्रथम राप्रपा नेपालले २०७० सालको संविधानसभा चुनावमा आफ्नो घोषणापत्रमार्फत सार्वजनिक गरेको […]

केन्द्रीय सदस्य प्रतिष्ठा थापाले राप्रपा त्यागिन्

३० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् । राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको […]

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित, कमल थापाले दिए बधाई

काठमाडौं, मंसिर १९ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। भर्खरै सकिएको मतगणनाअनुसार लिङ्देन १८ सय ४४ मत ल्याएका छन्। अध्यक्षका अर्का उम्मेदवार कमल थापाले जम्मा १६ सय १७ मत ल्याएका छन्। चार सय १३ मत बदर भएको थियो। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए। अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका […]

राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित

काठमाडौं । राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित हुनु भएकाे छ । आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित हुनु भएकाे हाे । नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् […]

राप्रपा तनहुँको अध्यक्षमा विनोद निर्वाचित

राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् । आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन् ।नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो । अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो । सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका